पोखरामा अनुपमको भाषण कला तालिम
बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै: वडा अध्यक्ष पराजुली
कास्की | असार २६, २०७९
पोखरा : अनुपम म्युजिक, पोखराले उद्घोषण तथा भाषण कलासम्बन्धी एक महिने तालिम शनिबार समापन गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका, वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अङ्ग जस्तै भएको बताए । पराजुलीले अनुपमले सञ्चालन गरेको अभियानमा आफू सँगै रहेको भन्दै आफू निर्वाचित भएर आएपछि वडा नम्बर ४ का महिलाहरूका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको पनि स्मरण गरे ।
कार्यव्रmममा प्रसिद्ध गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गरे । सुगम सङ्गीत बसेर सुन्ने खालका हुने भएकाले कार्यव्रmमहरूमा त्यस्ता साङ्गीतिक प्रस्तुति कार्यव्रmमको सुरुमै राख्नुपर्ने धारणा राख्दै उनले ‘उडेर जून छुन्छु भन्थेँ...’ बोलको गीत गाएका थिए ।
साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई समेत भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राखे । भाषण कला र भाषिक कलालाई जोडेर कुनै पनि प्रकारका नेतृत्व वर्गलाई ज्ञान र सिप दिनु आजको आवश्यकता भएकोमा जोड दिँदै उनले पिठो बिकाउने मात्रै नभई चामलै बिकाउन पनि सही ढङ्गले बोल्नु आवश्यक भएको भनाइ राखे ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् २०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, साङ्गीतिक, साहित्यिक क्षेत्रका सयौँ जनालाई १९३ ओटा तालिम सञ्चालन गरिसकेको जानकारी दिए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान र सिपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुहरूको आकर्षण बढेको धारणा राख्दै उनले अनुपममा एक पटक भर्ना भएपछि त्यसपछिका कुनै पनि प्याकेजमा निःशुल्क तालिम दिइने भनाइ राखे ।
प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको कार्यव्रmममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापा मगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देललगायतले आफ्ना अनुभव सुनाएका थिए ।
संस्थाका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षता र प्रशिक्षार्थीद्वय विपना थापा र ग्रेसी ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

